कोशी अस्पताल परिसरमा ५०० शैयाको अत्याधुनिक भवन शिलान्यास

विराटनगर, २ पौष । विराटनगरको कोशी अस्पतालमा ५०० शैयाको अत्याधुनिक भवन बन्ने भएको छ । अस्पताल परिसरमा विहिबार आयोजित एक कार्यक्रमविच सहरी विकास मन्त्री मेटमणि चौधरी र स्वास्थ्य जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले बन्न लागेको नयाँ भवनको संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

कार्यक्रममा बोल्दै सहरी मन्त्री चौधरीले निर्माणको जिम्मा पाएको केसी कन्सस्ट्रक्सनलाई समयमै निर्माण कार्य सक्न निर्देशन दिएका छन् । कोशी अस्पतालको उन्नतीले पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुग्ने बताउँदै मन्त्री चौधरीले भने, ‘स्वास्थ्य क्षेत्र भन्ने बित्तिकै भौतिक निर्माण मात्रै या आधुनिक स्वास्थ्य उपकरणको सजिसजाउ मात्र होइन, स्वाथ्यकर्मीको व्यवहार पनि हो । स्वास्थ्यकर्मीलाई विरामीले भगवान ठान्ने गर्छन् । तसर्थ उहाँहरुले विरामीसँग राम्रो व्यबहार, मिठो बोली बचन गर्नु जरुरी छ ।’ संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगरका आयोजना प्रमुख गणेश बहादुर महर्जनले भवन सुविधासम्पन्न र अत्याधुनिक हुने बताए ।

‘दुई तल्ले बेसमेन्ट सहित भवन आठ तल्ले हुनेछ । ३ वटा इमर्जेन्सी भर्याङ, बेड लिफ्ट, डक्टर तथा सेवा ग्राहीका लागि छुट्टाछुट्टै लिफ्ट, वातावरणमैत्री कोठाहरु, कुरुवा कक्ष, भुकम्प प्रतिरोधी भवन बन्नेछ ।’ आयोजना प्रमुख महर्जनको भनाई थियो । ३ वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको उक्त भवनको कुल लागत रु. २,१७,६९,९२,०० (मु. अ. कर बाहेक) रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ कार्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानमा स्विटजरल्याण्डसंग सहकार्य गर्न नेपाल उत्सुक रहेको

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले

सुनसरी, १६ कार्तिक ।  सुनसरीको धरान उपमहानगरपालिका–२०, च्यानडाँडामा दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड गर्दै गरेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको