अनलाइनबाटै चिकित्सकको परामर्श

दाङ, १ पौष । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  

योसँगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीले नजिकैको यी स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन् । “देउखुरी क्षेत्रमा अब मुटुरोगीलाई सहज भएको छ”, उनले भने, “बिरामीलाई मध्यनजर गरी हामीले यो सेवा सुरु गरेका हौँ ।” 

राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको