अनलाइनबाटै चिकित्सकको परामर्श

दाङ, १ पौष । दाङको राप्ती गाउँपालिकामा अब अनलाइनबाट बिरामीलाई चिकित्सक परामर्श सेवा उपलब्ध हुने भएको छ । राप्ती गाउँपालिका–५ मा रहेको सिसहनियाँ अस्पताल र वडा नं. १ मा रहेको प्रस्तावित भालुबाङ अस्पतालमा अनलाइन परामर्श सेवा सुरु भएको हो । 

गाउँपालिका अध्यक्ष प्रकाश विष्टका अनुसार दुवै अस्पतालमा जेरियाट्रिक सोसाइटी अफ नेपालका मुटुरोग विशेषज्ञ डाक्टर सुमन्त बन्जाडेले बिरामीको मुटुको ‘इसीजी’ गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।  

योसँगै देउखुरी क्षेत्रका विपन्न मुटु रोगका बिरामीले नजिकैको यी स्वास्थ्य संस्थाबाट विशेषज्ञ स्वास्थ्य सेवा लिन पाउने छन् । “देउखुरी क्षेत्रमा अब मुटुरोगीलाई सहज भएको छ”, उनले भने, “बिरामीलाई मध्यनजर गरी हामीले यो सेवा सुरु गरेका हौँ ।” 

राप्ती गाउँपालिकाको पहल तथा जेरियाट्रिक सोसाइटी अफ नेपालको सहयोगमा ग्रामीण टेलिकार्डियोलोजी कार्यक्रम सुरु भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर