निःशुल्क आँखा शिविरबाट २२९ ले पाए सेवा

जनकपुरधाम, २२ मंसिर । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१७ कनकपट्टिमा सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय २९ जनाले आँखाको जाँच गराएका छन् ।
 
जनकपुरधाम उपमहानगरपालिकाको आयोजना र जानकी आँखा अस्पताल जनकपुरको सहयोगमा सम्पन्न सो शिविरमा जाँच गराएकामध्ये ७६ जनामा मोतियाबिन्दु फेला परेको जनकपुरधाम उपमहानगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।मोतियाबिन्दुको समस्या देखिएका बिरामीको जानकी आँखा अस्पताल जनकपुरमा निःशुल्क शल्यक्रिया गरिने जनाएको छ । 

शिविरमा निःशुल्क आँखा परीक्षण तथा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको जनकपुरधाम उपमहानगरपालिकाका–१७ का वडाध्यक्ष रामवृक्ष यादवले जानकारी दिए । शिविरमा नेत्र अधिकृत एवं प्राविधिक टोली प्रमुख रुदलप्रसाद साह नेतृत्वको चिकित्सकको टोलीले आँखा परीक्षण गरेका थिए । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ लिएको जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर