नेप्से परिसूचक ४.८७ अंकले घट्यो

काठमाडौँ, २० मंसिर । आज नेप्से परिसूचक ४.८७ अंकले घटेको छ । आज नेप्से ०.२५ प्रतिशतले घटेर १९३३.८८ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ पुगेको छ ।

यस दिन २३८ वटा धितोपत्रको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ । आज धैलागिरी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३४८ रुपैयाँ १० पैसामा बन्द भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाई मूल्य ६.१२ प्रतिशतले बढेर प्रति इकाई मूल्य ७ रुपैयाँ ८० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असार । भोगाधिकारका आधारमा सरकारी जग्गा उपयोग गर्दै आएका व्यक्ति, संस्था तथा निकायलाई कानुनअनुसार लिजमा रूपान्तरण प्रक्रिया पूरा

काठमाडौँ, ४ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गतवर्षको ईपासपोर्ट खरिद प्रक्रियामा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई समेत अनुसन्धानको दायरामा

काठमाडौँ, ४ असार । नेकपा (एमाले)का प्रमुख सचेतक ऐन महरले मन्त्रीले नै प्रतिनिधिसभा नियमावली र समान्य शिष्टाचार भुलेको भन्दै नियमापत्ति

काठमाडौँ, ४ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद अभिव्यक्ति