नेप्से परिसूचक ४.८७ अंकले घट्यो

काठमाडौँ, २० मंसिर । आज नेप्से परिसूचक ४.८७ अंकले घटेको छ । आज नेप्से ०.२५ प्रतिशतले घटेर १९३३.८८ बिन्दुमा पुगेर बन्द भएको हो ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ९६ करोड ५२ लाख १० हजार ८९९ रुपैयाँ पुगेको छ ।

यस दिन २३८ वटा धितोपत्रको २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच भएको छ । आज धैलागिरी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। कम्पनीको सेयर मूल्य ८.१७ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता मूल्य ३४८ रुपैयाँ १० पैसामा बन्द भएको छ । त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को इकाई मूल्य ६.१२ प्रतिशतले बढेर प्रति इकाई मूल्य ७ रुपैयाँ ८० पैसा कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० असार । चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्म (११ महिना) मा ६ अर्ब ६६ करोड रुपैयाँको आलु

काठमाडौँ, १० असार । बजारमा लिचीको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजारमा विकास समितिका अनुसार लिचीको भाउ

रौतहट, १० असार । जिल्ला प्रहरी कार्यालय, रौतहटले अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका १३ जना प्रतिवादीलाई पक्राउ गरेको

काठमाडौँ, १० असार । कान्ति लोकपथ र सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ । सुक्खा पहिरो खसेर कान्ति लोकपथ र बाढीका