काभ्रेमा रेबिज प्रभावित क्षेत्रमा खोप

काभ्रे, २० मंसिर । काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको रेबिज रोगका कारण पशुचौपाया मरेपछि स्थानीयलाई रेबिजविरुद्ध खोप दिन थालिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण केही दिनअघि दुई गाउँमा दुई गाई मरेका थिए ।
 
महाभारत– १ को गोकुले र ८ नं वडास्थित घर्तीछापका स्थानीयलाई रेबिजविरुद्धको खोप दिन थालिएको जनाइएको छ । सोमबार साँझसम्म १९ स्थानीयलाई खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार उक्त रेबिज प्रभावित क्षेत्रमा १६० डोज खोप उपलब्ध गराइएको छ ।

उनका अनुसार मरेका दुई गाईका केही अङ्गहरू गाडिएको स्थानबाट निकालेर परीक्षण गर्दा शनिबार रेबिज रोगबाट गाई मरेको पुष्टि भएको हो । “हामी रोकथामका लागि थप अनुसन्धान गरिरहेका छौँ, स्थानीय स्वास्थ्यकर्मीमार्फत खोप लगाउन स्थानीयलाई प्रेरित गरिरहेका छौँ”, सेढाईंले भने । स्थानीयका अनुसार मासु खाएका कारण दुई गाउँका करिब ६० जना ‘ट्रेसिङ’मा परेको बताइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको