बिहे भोज खाएका एकै गाउँका ३५ जना बिरामी

प्युठान, २० मंसिर । विवाहको भोज खाएका एकै गाउँका ३५ जना बिरामी परेका छन् ।

जिल्ला प्रशासन कार्यालय प्युठानका अनुसार प्युठान नगरपालिका–६ माझकोटका ३५ जना पाल्पाको एक बिहेभोजमा भोज खाएपछि बिरामी परेका हुन् । 

उनीहरूमा ज्वरो, पेट दुख्ने, टाउको दुख्ने, पखाला लाग्रे, बान्ता आउने समस्या देखिएपछि उपचारका लागि जिल्ला अस्पताल बिजुवार भर्ना भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको छ । 

१७ गते प्युठान नगरपालिका–६ गुरुङ गाउँका मेघराज गुरुङको विवाहमा ५४ जना जन्ती पाल्पा गएर १८ गते फर्किएपछि ३५ जना बिरामी परेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको