भिटामिन सी औषधि बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौँ, २९ कार्तिक । बनेपास्थित क्युरेक्स फार्मास्युटिक्ल्स कम्पनीले उत्पादन गरेको भिटामिन सी औषधिहरूको बिक्री वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न  औषधि व्यवस्था विभागले सूचना प्रकाशित गरेको छ । 

विभागद्वारा प्रकाशित सूचनामा भनिएको छ, ‘यम विभागबाट निम्न उत्पादक र ब्याच नं. का औषधिहरूका नमुना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौँमा परीक्षण गर्दा देहायका औषधिहरूको न्यून गुणस्तर भएकोले उक्त ब्याच नं. का औषधिहरू औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण यस विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूका जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै उक्त औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन सम्बन्धित सबैलाई अनुरोध छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि