भिटामिन ‘ए’ खान छुटेका बालबालिकालाई फेरि खुवाइने

काठमाडौँ, ५ कार्तिक । भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका लागि पुनः खुवाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले यही कात्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधि खान छुटाएका बालबालिका नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन आग्रह गरेका छन् । 

“छ महिनादेखि ५९ महिनासम्मका कुनै बालबालिका भिटामिन ए क्याप्सुल र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिका जुकाको औषधि खान छुटेका छन् भने उनीहरुलाई दुई हप्ताभित्र नजिकैको स्वास्थ्य संस्थामा लगेर खुवाउन सकिन्छ”, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सरकारले प्रत्येक वर्षमा दुई पटक वैशाख ६ र ७ गते तथा कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गर्दछ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि