१० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

काठमाडौँ, ३० असोज । नेपालमा यो वर्ष दुई हजारभन्दा बढीमा स्क्रब टाइफस पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसीडी)अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । सन् २०२२ सुरु भएदेखि आजसम्म ५० भन्दा बढी जिल्लामा दुई हजार ४२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ । 

स्क्रब टाइफस सबैभन्दा बढी बैतडीमा २१०, डडेल्धुरामा १५७, कञ्चनपुरमा १३४, पाल्पामा ११३, सङ्खुवासभामा १०१, चितवनमा ८४ र काठमाडौंमा ४४ जनामा पुष्टि भएको छ । अन्य जिल्लामा एक सयभन्दा कममा स्क्रब टाइफसका बिरामी भेटिएको डा. दाहालले जानकारी दिए । उनका अनुसार हरेक वर्ष यो मौसममा स्क्रब टाइफसका बिरामी देखिने गर्दछन् । गत वर्ष ५० भन्दा बढी जिल्लाबाट १७ सय ७३ जनामा स्क्रब टाइफस पुष्टि भएको उनले बताए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि