गोदावरी नगरपालिकामा एक सय ३२ जनालाई डेङ्गु

ललितपुर, २५ असोज । गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ ।

गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४मा  डेङ्गुको सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ । रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै  सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी कार्यक्रमहरु गरिराखेको उनको भनाइ थियो ।

अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५ मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि