गोदावरी नगरपालिकामा एक सय ३२ जनालाई डेङ्गु

ललितपुर, २५ असोज । गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु  देखापरेको छ ।

गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको  वडा नं ३, ११, १२, र १४मा  डेङ्गुको सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि  विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ । रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै  सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी कार्यक्रमहरु गरिराखेको उनको भनाइ थियो ।

अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५ मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु  हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ

मुस्ताङ, १५ कार्तिक । नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको साढे तीन महिनामा रु ११ अर्ब ४५

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको