झिँगा मानाको साढे दुई रुपियाँ !

काठमाडौँ, २३ असोज । आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए । घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह(याएको थियो ।

तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपियाँमध्ये छ हजार रुपियाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपियाँ परोपकार संस्था, दुई हजार रुपियाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपियाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय गर्यो । स्वास्थ्य निर्देशक रघुवर वैद्य थिए । कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो । कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि ग¥यो । एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपियाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो । 

हैजा थामिएकै थिएन । हैजाको प्रकोप बढ्दै गएपछि काठमाडौँ र ललितपुरमा क्षमापूजा पनि गरिए । विश्व स्वास्थ्य सङ्गठनले २५ हजार जनालाई पुग्ने हैजाविरुद्धको सुई उपलब्ध गरायो । इन्डियन एड मिसन र इन्डियन रेडक्रस सोसाइटीले पनि उपलब्ध गरायो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि