मुटु रोगको जोखिम बढ्दै

काठमाडौँ, १४ असोज । जीवनशैलीमा आएको परिवर्तनसँगै मुटु रोगको जोखिम बढ्दै गएको छ । अस्वस्थकर जीवनशैलीका कारण कोलेस्टेरोल, उच्च रक्तचाप, मधुमेहलगायतका समस्या हुने गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले अस्वस्थकर जीवनशैलीका कारण मुटु रोगी बढेको बताए । उनले मानिसमा कोलेस्टेरोलको समस्या बढ्दै गएको भन्दै कोलेस्टेरोल बढ्दै जाँदा त्यसले विस्तारै मुटुमा समस्या ल्याउने बताए । मानिस स्वस्थ छ भने पनि वर्षमा एक पटक मुटु परीक्षण गराउन सुझाव दिँदै डा. रेग्मीले उच्च कोलेस्टेरोलबाट बच्न सके मुटु रोग लाग्नबाट बच्न सकिने बताए । 

उनले मुटु रोगबाट बच्नका लागि नियमित शारीरिक अभ्यास गर्ने, बिहानको समयमा हिँड्ने र पसिना निकाल्ने गर्दा मुटु रोगबाट बच्न सकिने बताए । डा. रेग्मीले धूमपान, मदिरा सेवन, जङ्क फुडलगायतबाट टाढै रहन आग्रह गरे । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा कुल जनसङ्ख्याको २५ प्रतिशतलाई कुनै न कुनै किसिमको मुटु रोग रहेको छ । सङ्गठनका अनुसार करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २५ प्रतिशतलाई कोलेस्टेरोल, १० प्रतिशतलाई मधुमेह र एक प्रतिशत बालबालिकालाई बाथ मुटु रोगको समस्या रहेको छ । 

यस्तै ९० प्रतिशत नेपालीले मुटुमैत्री खाना नखाने, ५० प्रतिशत सहरियाले आवश्यक व्यायाम नगर्ने र ४० प्रतिशतले सुर्तीजन्य पदार्थको प्रयोग गर्ने उल्लेख छ । बर्सेनि करिब एक हजार बालबालिकाको बाथ मुटु रोगका कारण मृत्यु हुने गरेको छ । मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराईले नेपालमा मुटु रोगी बढ्दै जानुको प्रमुख कारण अस्वस्थकर जीवनशैली रहेको बताए । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा ८ जना घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, १५ कार्तिक । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट भागेर फरार भएका लागुऔषध मुद्दाका एक कैदीलाई प्रहरीले सिरहाबाट पक्राउ गरेको छ

काठमाडौँ, १५ कार्तिक । काठमाडौँ महानगरपालिका–६ चुच्चेपाटीबाट ब्राउनसुगरजस्तो देखिने पदार्थ चार ग्राम २५० मिलिग्राम र नगद रु २० हजार २०० सहित

काठमाडौँ, १५ कार्तिक । डोल्पाको डाेल्पाे बुद्व गाउँपालिकाबाट शे फाेक्सुण्डाे ताल तर्फ आउँदै गर्दा दुई महिलासहित ६ जना भारतीय पर्यटक