विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट

काठमाडौँ, १० असोज । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग विद्यार्थीलाई ओपीडी सेवामा ५० प्रतिशत छुट दिने सहमति भएको बताएको छ ।

आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै संगठनले सरकारी अस्पतालको ओपीडी सेवामा मन्त्रालयसँग ५० प्रतिशत छुट दिने सहमति भएको बताएको हो । मन्त्रालयले स्वास्थ्य मन्त्रालय अन्तर्गतका संघीय अस्पतालमा उपचार गर्न जाने विद्यार्थीलाई विद्यार्थी परिचय पत्रको आधारमा ओपीडी शुल्कमा ५० प्रतिशत सहुलियत दिने निर्णय भएको र सबै प्रदेश र स्थानीय तह अन्तगर्तका सरकारी अस्पतालमा समेत यसै बमोजिम ५० प्रतिशत छुटको व्यवस्था मिलाउन अनुरोध गर्ने भनी मन्त्रीस्तरीय निर्णय भएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष सुदेश पराजुलीले सरकारी, सामुदायिक विद्यालय तथा क्याम्पसका विद्यार्थीलाई सरकारी अस्पतालमा ओपीडी सेवामा ५० प्रतिशत सहुलियत सुनिश्चित गर्ने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा

काठमाडौँ, १२ कार्तिक । सरकारले निजी क्षेत्रलाई पनि सीमापार विद्युत् व्यापारको बाटो खुला गरेको छ । विद्युत् व्यापारको पूर्वतयारी गर्न सरकारले

मकवानपुर, १२ कार्तिक ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच