डेङ्गु संक्रमणबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

काठमाडौँ, ६ असोज । असारयता तीव्र रुपमा फैलिइरहेको डेङ्गु संक्रमणबाट यसवर्ष मृत्यु हुनेको संख्या २५ पुगेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार असोज ५ गतेसम्म संक्रमितको संख्या १९ हजार ७६६ र मृतकको संख्या २५ पुगेको हो । 

हालसम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै काठमाडौँमा पाँच हजार ४२२ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै, ललितपुरमा पाँच हजार २०६ र भक्तपुरमा ७८६ गरी उपत्यकामा डेङ्गु संक्रमितको संख्या एघार हजार ४१४ पुगेको छ । 

उपत्यकाबाहिर मकवानपुरमा सबैभन्दा धेरै एक हजार ९७७ जनामा संक्रमण देखिएको छ भने संक्रमितको संख्या दुई सयभन्दा माथि रहेका जिल्लामा धादिङ, चितवन, दाङ, रुपन्देही, गुल्मी र कैलाली छन् । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर