वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

काठमाडौँ, २७ भदौ । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ ।

खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ । यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए ।

अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको ‘इजिएफआर’ नामक वंशाणु (जिन) मा देखिएको उत्परिवर्तनको समीक्षा तथा अध्ययन गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर