वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर

काठमाडौँ, २७ भदौ । जीवनमा कहिल्यै चुरोट सेवन नगरेका व्यक्तिमा पनि वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर हुने एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। सवारीसाधनले उत्सर्जन गर्ने प्रदूषणले चुरोटले जस्तै मानव शरीरमा ट्युमर विकास गर्ने देखिएको छ ।

खनिज इन्धन बाल्दा निस्कने मानिसको रौँको मोटाइभन्दा पचासौँ गुणा साना वायु प्रदूषणका कण (पिएम २.५) फोक्सो हुँदै मानिसको रगतमा प्रवेश गर्ने र यसले जलन तथा सुजन बढाउने अध्ययनको निष्कर्ष छ । यस्ता विषाक्त कणहरू डिजेल प्रयोगबाट निस्कने धुवाँ, टायर तथा सडक धुलोबाट निस्कन्छन् । अध्ययनमा बेलायत, दक्षिण कोरिया र ताइवानका पाँच लाख मानिस सहभागी थिए ।

अध्ययनका क्रममा कहिल्यै चुरोट सेवन नगरेका बिरामीको ‘इजिएफआर’ नामक वंशाणु (जिन) मा देखिएको उत्परिवर्तनको समीक्षा तथा अध्ययन गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, १४ कार्तिक । नाइजेरियाली सेनाले उत्तरपूर्वी राज्य बोर्नो र योबेमा रहेका सैन्य अखडामा भएका दुईवटा आक्रमण विफल पारेको र

एजेन्सी, १४ कार्तिक । अमेरिकाले युक्रेनलाई ५०० वटा प्याट्रियट हवाई प्रतिरक्षा क्षेप्यास्त्र बिक्री गर्न स्वीकृति दिएको छ । रुसको बढ्दो हवाई

एजेन्सी, १३ कार्तिक । रुसले युक्रेनको निप्रोस्थित रेलवे स्टेसनमा ड्रोन आक्रमण गर्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ । अन्य

एजेन्सी, १३ कार्तिक । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ