काठमाडौँ, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूको बैठक बोलाएका छन् ।
आज दिउँसो ३ बजे बस्ने गरी मन्त्री र सचिवहरूसहितको बैठक बोलाएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारका विभिन्न काम–कारबाहीका विषयमा निर्देशन दिने बताइएको छ ।





