गठबन्धनले घाटा लाग्यो : अध्यक्ष नेपाल

डोटी, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा आफ्नो पार्टीलाई घाटा लागेको बताएका छन् ।

एकीकृत समाजवादी डोटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको गीतमात्रै गाउँदा स्थानीय तहमा हामीले अपेक्षा गरे अनुसारको नतिजा आएन’, ‘आफ्नै बलमा चुनाव लडेको भए १०० भन्दा बढी पालिकामा जित हुने थियो ।’

उनले गठबन्धनमा जालझेल भएको र गठबन्धनका अन्य दलहरूमा इमानदारिता नदेखिएको बताउदै उनले भने, ‘हामीले स्थानीय निर्वाचन हेरेका छौं, गठबन्धन भनेर मात्र हुँदैन सबै बफादर हुनुपर्छ’ ‘तर स्थानीय निर्वाचनमा त्यस्तो देखिएन, अब आफ्नै खुट्टामा उभिने हो, सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २८ चैत । चौलागाई प्रतिष्ठान केन्द्रीय कार्यसमितिद्वारा भित्तेपात्रो-२०८३ (क्यालेण्डर) विमोचन गरिएको छ । आज काठमाडौँको गोकणेश्वरको जगडोलमा आयोजित नयाँ

काठमाडौँ, २८ चैत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’ जारी गरेको छ । अस्पतालको सेवालाई जनमैत्री,

काठमाडौँ, २८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले निजी क्षेत्रको पुँजी र उद्यमशीलतालाई बलियो बनाउन सके

काठमाडौँ, २८ चैत । परराष्ट्रमन्त्री शिशिर खनालले विश्व आपूर्ति श्रृंखलामा अवरोध देखापरेको समयमा हिन्द महासागरको स्थिरता महत्त्वपूर्ण रहेको बताएका छन्