जुम्लाको पातारासी गाउँपालिका पूर्णखोप पालिका घोषणा

जुम्ला, १६ असार । जिल्लाको पातारासी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । विगत दुई वर्ष पहिले देखिको प्रयास र लक्ष्यअनुसार पातारासीलाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताए । कोभिडका कारणले पूर्ण खोप पालिका घोषणा गर्न एक वर्षपछि धकेलिए पनि सबै सूचक पूरा गरेर पातारासीलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न सफल भएको स्वास्थ्य संयोजक रतन बुढ्थापाले बताए । पूर्णखोप पालिका घोषणा गर्न महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको विशेष भूमिका रहेको थियो । जस अनुसार ७ वडा उत्कृष्ट तथा सातजना स्वयंसेविका र स्वास्थ्यकर्मीलाई नगदसहित सम्मान गरिएको छ । 
 
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले शिक्षा, स्वास्थ्यको हिसाबले दुर्गम मानिने पातारासी पूर्णखोप पालिका घोषणा हुनु गौरवको विषय भएको बताए । उनले भने, “यहाँका सबै बालबालिका रोगमुक्त र खोपयुक्त भएको सन्देश फैलिएको छ । अन्य पालिकाले पनि पूर्ण खोप अभियान चलाउन आवश्यक छ । स्वास्थ्यमा पातरासीले मारेको फड्को प्रशासनीय छ ।” प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले दिगो विकासको मुख्य सूचक मानिने पूर्ण खोप अभियानमा पातारासी सफल भएको बताए । बाटो खन्नु र भवन बनाउनु मात्र विकास नभइ पोषणदेखि पूर्ण खोपको पहुँचमा बालबालिका पुग्नुलाई पनि विकासको सूचक मानिने उनले उल्लेख गरे । विसं २०३० नेपालाई पूर्णखोप सुनिश्चिता घोषणा गर्ने सरकारको लक्ष्यमा पातारासीले इँटा थपेको छ । पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले भने, “दुर्गम मानिने पातारासीको स्वास्थ्य क्षेत्रलाई अब्बल र गुणस्तरीय बनाउन घोषणाको प्रभावकारी कार्यान्वयनमा जोड दिइने छ ।

पोषणस्थिति सुधारदेखि औषधि आपूर्ति र नियमित स्वास्थ्य जाँचको सवालमा पालिका नीतिगत ढङ्गले अघि बढ्ने छ ।” प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले घोषणा गर्नुभन्दा ठूलो कुरा नभइ प्रभावकारी कार्यान्वयनमा उत्तिकै चुनौती रहेको बताए । विगत दुई वर्षको मेहनतले पूर्ण खोपपालिका घोषणा भएको र यसको कार्यान्वयनमा आम सरोकारवाले साथ दिनुपर्नेमा उनको जोड थियो । खोप बालबालिकाको नैसर्गिक अधिकारभित्र रहेको उल्लेख गर्दै पूर्ण खोपलाई सरकारले विशेष प्रथामिकता दिएको जनस्वास्थ्य अधिकृत कृष्ण सापकोटाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद