तरकारी तथा फलफूलमा मापदण्डभन्दा तीन गुणा बढी विषादी

काठमाडौँ, २ असार । गत जेठ १८ गते सर्लाहीबाट आएको बोडीमा विषादीको अवशेष (रुकावट प्रतिशत) मापदण्डभन्दा ६४ प्रतिशत बढी देखियो । त्यसको भोलिपल्ट जेठ १९ गते भक्तपुरमै उत्पादित रायोको सागमा यो मात्रा ९७.१४ प्रतिशत देखियो । पछिल्लोपटक जेठ २४ गते हेटौंडामा उत्पादित काउलीमा सो मात्रा ९१.९१ प्रतिशत पाइएको थियो ।

कृषि मन्त्रालयअन्तरगतको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको परीक्षणमा विषादी प्रयोगको यस्तो अवस्था देखिएको हो । तरकारीमा देखिएको यो मात्रा सरकारले तोकेको मापदण्डभन्दा झन्डै तीन गुणाले बढी हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विषादीको अवशेष, जसलाई रुकावट प्रतिशतमा मापन गरिन्छ ३५ प्रतिशतभन्दा कम रहेको तरकारी तथा फलफूल उपभोग योग्य हुने मापदण्ड तोकेको छ । त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म रुकावट देखिएमा केहीदिन राख्ने र पर्खनेगरी त्यस्ता तरकारी तथा फलफूललाई क्वारेन्टिनमा राख्ने गरेको छ । तर, यो मात्रा ४५ प्रतिशतभन्दा बढी भए उपभोग गर्न पूर्ण अयोग्य हुने र त्यसलाई विसर्जन नै गर्नुपर्ने मापदण्ड छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद