लोकप्रिय बन्दै स्मार्ट शौचालय

काठमाडौँ, ३० जेठ । महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् ।

आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो । हाल राजधानीको ललितपुर र काठमाडौँमा छवटा स्मार्ट शौचालय सञ्चालनमा छन् । 

सार्वजनिक शौचालयको सफल व्यवस्थापनकै कारण नेपालले विभिन्न राष्ट्रमा आयोजित प्रतियोगितामा सहभागी भई पुरस्कार जित्ने अवसरसमेत पाएको छ । ललितपुर महानगरपालिका, मङ्गलबजारस्थित पुरानो सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सन् २०२० को फेब्रुअरीदेखि स्मार्ट बनाइएको थियो । नेपालको स्मार्ट शौचालयले दिगो विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घीय विज्ञान, प्रविधि र नवप्रवर्तन मञ्च, २०२० अवार्ड जित्न सफल भएको थियोे । त्यस्तै सन् २०२१ अगस्तमा विश्व पानी महोत्सवका अवसरमा स्विडेनमा आयोजित प्रतियोगितामा शौचालय सफाइ विधामा एरोसान हब अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अन्तिम पाँचमा पुग्न सफल भएको थियो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा