निःशुल्क आँखा शिविरबाट ३०० लाभान्वित

म्याग्दी, १९ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको पुरुण्डीमा आयोजित निःशुल्क आँखा शिविरबाट ३०० भन्दा बढी लाभान्वित भएका छन् । म्याग्दी जेसीजको २४औँ स्थापना दिवसका अवसरमा शिविर आयोजना गरिएको हो ।

म्याग्दी जेसीजका कार्यकारीणी उपाध्यक्ष कुमार बानियाँका अनुसार शिविरमा आँखाका विभिन्न रोगको पहिचानपछि बिरामीलाई निःशुल्क औषधि तथा १०५ जनालाई चस्मा वितरण गरिएको थियो । शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले आँखा परीक्षण गरेको थियो ।शिविरमा १० जनामा मोतियाबिन्दुको समस्या पहिचान भएकाले उनीहरुको निःशुल्क शल्यक्रियासहितको उपचारको प्रबन्ध गरिने म्याग्दी जेसीजका शाखा अध्यक्ष सन्दीप खत्रीले बताए ।

म्याग्दी जेसीजको आयोजना, नेपाल रेडक्रस सोसाइटी पुलाचौर शाखाको सह–आयोजना तथा नेपाल नेत्र ज्योति सङ्घ म्याग्दीको प्राविधिक सहयोगमा सञ्चालन भएको उक्त शिविरबाट वृद्धवृद्धा बढी लाभान्वित बनेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा