बुस्टर डोज लगाउने कम

काठमाडौँ, ११ जेठ । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ ।

सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा (बुस्टर डोज) व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका एक चौथाइ नागरिकले पनि तेस्रो मात्रा खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार हालसम्म दोस्रो मात्रा खोप लगाएका करिब १९ प्रतिशत नागरिकले मात्र तेस्रो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले जिल्लामा कोरोना सङ्क्रमणविरुद्धको ‘बुस्टर डोज खोप लगाउने नागरिकको सङ्ख्या एकदमै कम रहेको बताए। ‘हामीले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि सबै स्थानीय तहमा खोप पुऱ्याएका छौँ, नागरिकलाई यसको फाइदाको बारेमा सचेतनासमेत फैलाएका छौँ तर उहाँहरूले तेस्रो मात्रा खोप लगाउन चासो दिनुभएको छैन, डा. सेढाईले थपे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद