बुस्टर डोज लगाउने कम

काठमाडौँ, ११ जेठ । सरकारले कोरोना भाइरस सङ्क्रमणबाट बच्नको लागि कोरोनाविरुद्धको थप मात्राको व्यवस्था गरे पनि यसप्रति नागरिकको चासो कम देखिएको छ ।

सरकारले कोरोनाको जोखिम कम गर्न खोपको थप मात्रा (बुस्टर डोज) व्यवस्थापन गरे पनि दोस्रो मात्रा खोप लगाएका एक चौथाइ नागरिकले पनि तेस्रो मात्रा खोप लगाएका छैनन् । स्वास्थ्य कार्यालय काभ्रेको तथ्याङ्कअनुसार हालसम्म दोस्रो मात्रा खोप लगाएका करिब १९ प्रतिशत नागरिकले मात्र तेस्रो मात्रा खोप लगाएका छन् ।

स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. पुरुषोत्तमराज सेढाईले जिल्लामा कोरोना सङ्क्रमणविरुद्धको ‘बुस्टर डोज खोप लगाउने नागरिकको सङ्ख्या एकदमै कम रहेको बताए। ‘हामीले नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि सबै स्थानीय तहमा खोप पुऱ्याएका छौँ, नागरिकलाई यसको फाइदाको बारेमा सचेतनासमेत फैलाएका छौँ तर उहाँहरूले तेस्रो मात्रा खोप लगाउन चासो दिनुभएको छैन, डा. सेढाईले थपे। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ५ असोज । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल

काठमाडौँ, ५ असोज । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । संसद् सचिवालयका अपराह्न १

काठमाडौँ, ४ असाेज । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकारले प्रश्न सोध्दा पत्रकारिताको मर्यादा र अभ्यासलाई ध्यान दिनुपर्ने

काठमाडौँ, ४ असाेज । संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सम्बोधन गर्ने तय भएको छ