पहिलोपटक क्यान्सर मार्ने भाइरसयुक्त खोपको प्रयोग !

लन्डन, ९ जेठ । वैज्ञानिकहरूले पहिलोपटक मानव बिरामीलाई नयाँ क्यान्सर मार्ने भाइरसयुक्त खोप दिएका छन् । ‘भ्याक्सिनिया’नामक यो खोप अन्य जनावरहरूमा सफल परीक्षण भइसकेको छ । जे होस् यसको प्रभावकारिताको वास्तविक परीक्षण भने यस चिकित्सकीय परीक्षणबाट सुरु भएको छ । 

सामन्यतया भाइरस भन्ने सजिलै सुनिने शब्द सुन्नासाथ खराबजस्तो लाग्छ । किनभने जताततै प्राणघातक थुप्रै भाइरस छन् । तर वैज्ञानिकहरूले यसरी बिरामीको शरीरभित्र प्रवेश गराइएको क्यान्सर मार्ने नयाँ भाइरसले शरीरमा क्यान्सर प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आशा गरिएको छ । 

भ्याक्सिनियालाई क्यान्सरका कोषहरू मार्न विकास गरिएको हो । वैज्ञानिकहरूले यसअघि अन्य जनावरहरूमा गरिएको यसको परीक्षणको परिणाम निकै सकारात्मक पाएका थिए । यस भाइरसलाई क्यान्सर मार्ने मात्र नभई मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने किसिमले पनि बनाइएको छ ।

त्यसैले वैज्ञानिकहरूले यसले क्यान्सर रोगीलाई निको हुन निकै सघाउने विश्वास गरेका छन् । क्यान्सरका ट्युमर समाप्त गर्न यसलाई प्रयोगशालामा पनि धेरै परीक्षण गरिएको थियो । यसले फोक्सो, स्तन, पाठेघर, प्यान्क्रियाटिक र कोलन क्यान्सरको ट्युमरको आकार घटाउन सक्ने देखिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर