पहिलोपटक क्यान्सर मार्ने भाइरसयुक्त खोपको प्रयोग !

लन्डन, ९ जेठ । वैज्ञानिकहरूले पहिलोपटक मानव बिरामीलाई नयाँ क्यान्सर मार्ने भाइरसयुक्त खोप दिएका छन् । ‘भ्याक्सिनिया’नामक यो खोप अन्य जनावरहरूमा सफल परीक्षण भइसकेको छ । जे होस् यसको प्रभावकारिताको वास्तविक परीक्षण भने यस चिकित्सकीय परीक्षणबाट सुरु भएको छ । 

सामन्यतया भाइरस भन्ने सजिलै सुनिने शब्द सुन्नासाथ खराबजस्तो लाग्छ । किनभने जताततै प्राणघातक थुप्रै भाइरस छन् । तर वैज्ञानिकहरूले यसरी बिरामीको शरीरभित्र प्रवेश गराइएको क्यान्सर मार्ने नयाँ भाइरसले शरीरमा क्यान्सर प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आशा गरिएको छ । 

भ्याक्सिनियालाई क्यान्सरका कोषहरू मार्न विकास गरिएको हो । वैज्ञानिकहरूले यसअघि अन्य जनावरहरूमा गरिएको यसको परीक्षणको परिणाम निकै सकारात्मक पाएका थिए । यस भाइरसलाई क्यान्सर मार्ने मात्र नभई मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने किसिमले पनि बनाइएको छ ।

त्यसैले वैज्ञानिकहरूले यसले क्यान्सर रोगीलाई निको हुन निकै सघाउने विश्वास गरेका छन् । क्यान्सरका ट्युमर समाप्त गर्न यसलाई प्रयोगशालामा पनि धेरै परीक्षण गरिएको थियो । यसले फोक्सो, स्तन, पाठेघर, प्यान्क्रियाटिक र कोलन क्यान्सरको ट्युमरको आकार घटाउन सक्ने देखिएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद