हाँसमा बर्डफ्लु पुष्टि

काठमाडौँ, ३० बैशाख । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । बिहीबार बिहानदेखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा आसपासका क्षेत्रमा निरीक्षण अनुगमन गरिरहेको छ ।

उक्त  फार्ममा  पालिएका  ५५०  वटा  हाँसमध्ये  बर्डफ्लुका कारण ३८२ वटा हाँस मरिसकेका र हाल फार्ममा १६८ वटा जिउँदो हाँस रहेका घटनास्थलमा खटिएका पशु सेवा विभागका डा. विजय चौधरीले जानकारी  दिए  ।  बर्डफ्लु  देखिएपछि  विभागले  राष्ट्रिय पशु प्रजनन केन्द्र लहानका पशु चिकित्सक चौधरीसहितको टिमलाई बिहीबार गोडैता पठाएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद