हाँसमा बर्डफ्लु पुष्टि

काठमाडौँ, ३० बैशाख । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ ।

जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । बिहीबार बिहानदेखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा आसपासका क्षेत्रमा निरीक्षण अनुगमन गरिरहेको छ ।

उक्त  फार्ममा  पालिएका  ५५०  वटा  हाँसमध्ये  बर्डफ्लुका कारण ३८२ वटा हाँस मरिसकेका र हाल फार्ममा १६८ वटा जिउँदो हाँस रहेका घटनास्थलमा खटिएका पशु सेवा विभागका डा. विजय चौधरीले जानकारी  दिए  ।  बर्डफ्लु  देखिएपछि  विभागले  राष्ट्रिय पशु प्रजनन केन्द्र लहानका पशु चिकित्सक चौधरीसहितको टिमलाई बिहीबार गोडैता पठाएको हो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर