उम्मेदवार बन्न नपाउने भएपछि जनप्रतिनिधिद्वारा धमाधम बेरुजु फर्छ्योट

काठमाडौँ, ५ बैशाख । व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।

निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार बन्न आचारसंहिताले रोक्ने भएपछि स्थानीय तहका जनप्रतिनिधिले धमाधम व्यक्तिगत बेरुजु फर्छ्योट गर्न थालेका हुन् । महालेखा परीक्षकको कार्यालयले गत भदौमा सार्वजनिक गरेको ५८ औँ प्रतिवेदनमा स्थानीय तहमा ४० अर्ब ८३ करोड ४७ लाख रुपियाँ बेरुजु रहेको उल्लेख गरिएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद व्यक्तिगत बेरुजु फर्छ्योट गर्ने क्रम बढ्दै गएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका