बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

सर्लाही, ४ बैशाख । सर्लाहीको मलंगवा नगरपालिका–१२ मा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । 

प्रहरीका अनुसार आज नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले साइकललाई ठक्कर दिदा साइकलयात्री सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो । 

बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको ‘जेनजी’ आन्दोलनका घटनासम्बन्धी प्रतिवेदन उपलब्ध

काठमाडौँ, १३ असार । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार तुलसी

काठमाडौँ, १३ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई

काठमाडौँ, १३ असार । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशको केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगका