८ ठाउँमा एकै पटक देखियो बर्ड फ्लु

चितवन, १८ चैत । चितवनको भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाको विभिन्न आठ वटा कुखुरा फार्ममा बर्ड फ्लु भेटिएको छ ।

खैरहनी र भरतपुरका चार/चार वटा फार्ममा बर्ड फ्लु भेटिएको हो । बर्ड फ्लु भेटिएका भरतपुरका दुई र खैरहनीको एउटा फार्ममा गरी चार हजार ६ सय कुखुरा रहेका छन् । बाँकी फार्ममा रहेका कुखुरा गन्न बाँकी छ ।

चितवनमा बर्ड फ्ल’ बढेपछि पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीसहितको विज्ञ टोली चितवन पुगेको छ । चितवन पुग्नुभएका तिवारीले अहिलेसम्म देशभरका १३ जिल्लामा बर्ड फ्लु देखिएको जानकारी दिनुभयो । मोरङ, सुनसरी, उदयपुर, बारा, पर्सा, धनुषा, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, मकवानपुर र कास्कीमा बर्ड फ्लु देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, २ असोज । उत्तरपश्चिमी पाकिस्तानमा सडक किनारमा राखिएको बम सुरक्षा बलको सवारी माथि विस्फोट हुँदा ६ जना सैनिकको मृत्यु

एजेन्सी, २ असोज । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू सत्तामा रहेसम्म होर्मुज नाका नखोल्ने चेतावनी दिएको

एजेन्सी, २ असोज । रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै

एजेन्सी, १ असोज । बालबालिकालाई सामाजिक सञ्जालको लत, हानिकारक सामग्री र एआईबाट सिर्जित जोखिमबाट जोगाउन युरोपेली संघ (ईयू) ले डिजिटल प्लेटफर्ममाथि