सङ्क्रमण घटेसँगै खोप लगाउने घट्दै

काठमाडौँ, १३ चैत । कोरोना भाइरसको सङ्क्रमण घट्दै गएकाले खोप लगाउन चाहनेको सङ्ख्या निकै कम हुन थालेको छ। अब सङ्क्रमणले दुःख दिन्न भन्ने सोचले खोप लगाउन मानिस अनिच्छुक देखिएका छन् ।

सरकारले चैतभरिमा पूर्ण खोप लगाउने घोषणा गरेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले सबै मतदाताले पूर्ण खोप लगाउनुपर्ने बताएको थियो । हाल लक्षित जनसङ्ख्याको ८१.८ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ९३.२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

नेपालमा कोरोनाको दोस्रो भेरियन्ट आइसकेपछि खोप लगाउने मानिसको भीड बढेको थियो । खोप लगाउन पहुँच आवश्यक हुने अवस्थासमेत थियो । तर, अहिले खोप केन्द्रमा खोप लगाउन मानिस खासै जाँदैनन् । अधिकांश खोप केन्द्र खाली देखिने गरेका छन् । केही हप्ताअघिसम्म टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने मानिस दैनिक हजारौँ सङ्ख्यामा हुन्थे । भीड नियन्त्रण गर्न प्रहरीलाई हम्मे हम्मे पर्थ्यो । अब टेकु अस्पतालमा खोप लगाउन जाँदा लाम लाग्नपर्दैन । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद