मूल्य बढाउन सिटामोलको तौल बढाइयो

काठमाडौँ, १२ चैत । सरकारले सिटमोलको वजन बढाएर मूल्यवृद्धि गरेको छ ।

बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले झण्डै ५० वर्षदेखि ५०० एमजीमा उत्पादन हुँदै आएको सिटामोललाई ६५० एमजीमा उत्पादनका लागि औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।

औषधि उत्पादकहरुले हाल प्रतिट्याब्लेट १ रुपैयाँ पर्ने सिटामोलको मूल्य बढाउन सरकारलाई दबाब दिँदै आएका थिए । तर, सरकारले ५०० एमजीमा मूल्य नबढाउने भएपछि त्यसको साटो वजन बढाएर सोही अनुपातमा मूल्य बढाउने चलखेल भएको औषधि व्यवस्था विभागकै कर्मचारीहरु बताउँछन् ।

सिटामोलको वजन बढेसँगै एक ट्याब्लेट सिटामोलको मूल्य २ रुपैयाँभन्दा बढी निर्धारण गर्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद