कोभिड विरुद्धको तीन मात्रा खोप लगाएकामा मृत्युदर उल्लेख्य मात्रामा कम

हङकङ, ९ चैत । कोभिड १९ का विरुद्धमा लगाइएको तीन मात्रा खोपका कारण कोभिडबाट हुने मृत्युमा उल्लेख्य मात्रामा कमी आएको देखिएको छ ।

हङकङमा गरिएको एक अध्ययनमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । हङकङमा उपलब्ध भएका दुई प्रकारका कोभिड खोपमा यस्तो अवस्था देखिएको बताइएको हो । हङकङमा लगाइएका दुई प्रकारका खोपमा यो अनुसन्धान गरिएको थियो ।

 यहाँ लगाइएका सिनोभ्याक र अर्काे एक खोपको तीन मात्रा लिएका नागरिकमा ९८ प्रतिशत प्रभावकारिता पाइएको हो । साथै यो खोप लगाएका नागरिकमा गरिएको सो अध्ययन अनुसार खोप नलगाएका नागरिकका तुलनामा खोप लगाएकामा मृत्यु दर ९८ प्रतिशत कम देखिएको पाइएको हो ।

कोभिडका विरुद्धको तीन मात्रा खोप लगाएका ६० वर्ष भन्दा माथिका नागरिकमा सो अनुसन्धान गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद