नेपालमा नर्सको तलब: खाजा खर्च र बसभाडा पनि पुग्दैन

काठमाडौँ, ६ चैत । काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो ।

उनको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्। जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्ट्रेलियामा छिन् । सुविनाले भनिन्, “सुरुमा धेरै गाह्रो छ । पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु ।” नेपालमा एकजना नर्सले पाँचदेखि १० जनासम्म आईसीयूका बिरामी हेर्नुपर्ने स्थिति छ ।

नर्स र बिरामीको अनुपात नमिल्दा बिरामीलाई उचित स्याहार तथा हेरचाह गर्न नसकिने हुन्छ । सुत्केरी गराउने ठाउँमा एकजना बिरामीबराबर दुईजना नर्स चाहिनुपर्नेमा त्यहाँ एकजना नर्सले धेरैजना बिरामी हेर्नुपरेको नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौलाको भनाइ छ । नेपालमा कति नर्स बिदेसिएका छन् भन्ने कुनै तथ्याङ्क छैन । नर्सिङ महाशाखा प्रमुख निरौलाले बिदेसिएका नर्सको कुनै तथ्याङ्क नहुने बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद