थप ५८ जना कोरोना संक्रमित : १४८ संक्रमणमुक्त

काठमाडौँ, ३० फागुन । देशभर थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४१८ जनाको कोरोना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ५८ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ५३९ जनाको पिसिआर गर्दा ५० र १ हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ८ मा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य छ । त्यस्तै, सोमबार १४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद