न्यूनतम मापदण्डसमेत पूरा नगरी एम्बुलेन्स सञ्चालन

काठमाडौँ, २९ फागुन । सङ्घीय राजधानी काठमाडौँलगायत देशभर गुड्ने एम्बुलेन्समध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन् । यस्ता सवारीसाधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन् ।

बिरामीलाई राख्नसमेत असहज हुने यस्ता सवारीमा बिरामी कुरुवा तथा स्वास्थ्यकर्मी राख्ने स्थानसमेत पुग्दैन ।यति मात्र होइन कतिपय सुविधा सम्पन्न अस्पतालले मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन गरे पनि बिरामीलाई चर्को मूल्य असुल्ने गरेको गुनासो आउने गरेको छ । कतिपय निजी अस्पतालले एम्बुलेन्स चालकलाई प्रभावमा पारेर सेटिङमा बिरामी ल्याउने र बिरामीबाट अनावश्यक रकम असुल्ने धन्दासमेत चलाउने गरेको पाइएको छ । मुलुकभर एक हजार ४६९ एम्बुलेन्स सञ्चालनमा छन् ।

ती एम्बुलेन्सलाई व्यवस्थित र प्रभावकारी बनाउन राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ समेत जारी भएको छ तर अधिकांश एम्बुलेन्सले निर्देशिकामा तोकिएका न्यूनतम मापदण्डसमेत पूरा गरेका छैनन् । केही अस्पतालले सञ्चालन गर्ने एम्बुलेन्स सरकारले तोकेको मापदण्डअनुसार सञ्चालन भए पनि अधिकांश भने सामान्य प्रक्रियासमेत पूरा नगरी सञ्चालनमा छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा