ज्येष्ठ नागरिकलाई दाँत उपहार

ताप्लेजुङ, २३ फागुन । ताप्लेजुङको पाथीभराङवरक गाउँपालिकाले ज्येष्ठ नागरिकलाई दन्त उपहार दिने भएको छ । गाउँपालिकाले ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

सबै वडामा कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र लिम्बुले बताउनुभयो । उहाँका अनुसार पहिलो चरणमा प्राविधिकले ज्येष्ठ नागरिकको दाँतको परीक्षण गर्नेछन् । त्यसपछि कति दाँत लगाउनुपर्ने यसको नाप लिइने छ । सबै वडामा ज्येष्ठ नागरिकको दाँतको आकारको नाप प्राविधिकले लिनेछ । नापअनुसारको दाँतको डिजाइन गरेर गाउँपालिका केन्द्रमा दाँत उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाभित्रका ५० ज्येष्ठ नागरिकलाई दन्त उपहार उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । उपलब्ध गराएको दन्तमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौता समेत भएको प्रमुख प्रशासकीय अधिकृत लिम्बुले बताउनुभयो । ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराउन लागेको गाउँपालिकाका उपाध्यक्ष रनमाया गुरुङले बताउनुभयो ।

दाँत नहुँदा खाना खान, बोल्न, मेलापात जान तथा सौन्दर्यता र मानसिकरुपमा समेत नकारात्मक प्रभाव पर्ने भएकाले गाउँपालिकाले ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि दन्त उपहार उपलब्ध गराउन लागेको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा