नसर्ने रोग पहिचान गर्न निःशुल्क रक्त परीक्षण कार्यक्रम सुरु

काठमाडौँ, १७ फागुन । पर्वतको कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका– ९ कटुवाचौपारीबाट सुरु भएको छ । 

सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोग जस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षणमा ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको पाइएको स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले जानकारी दिए ।

कुश्मा ९ का वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले स्वास्थ्य रक्षाका लागि नागरिकले प्रत्येक ६÷६ महिनामा रगत परीक्षण गर्नुपर्ने भन्दै नगरपालिकाको यो महत्वपूर्ण कार्यक्रम सुरु गरेको बताउनुभयो । ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने भएकाले कुश्मा नगरपालिकाले अभियान सुरु गरेको गुरुङले बताए । नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताएका छन् । कुश्माबजारदेखि दुरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गर्ने जोशीले बताए । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले विशेष गरी ज्येष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकको जीवनरक्षाका लागि ध्यान दिएर सेवा दिन अनुरोध गरिएको बताए । नगरपालिकाले शिविरमा नआउनेलाई घरमै पुगेर पनि सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद