नर्सलाई बेलायत पठाउने मोडालिटी मार्चसम्म बनिसक्ने

काठमाडौँ, ९ फागुन । जीटूजी प्रकियामार्फत् नर्सलाई बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायत सरकारसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाउने प्रक्रिया अघि बढाइरहेको छ ।

बेलायतले आफ्नो देशमा नेपाली हेल्थ प्रोफेस्नलस् लैजाने प्रस्ताव अघि बढाएपछि तीन महिना अघिदेखि मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गरेको थियो । यसबीचमा सरकार विभिन्न चरणमा छलफल गरी श्रम सम्झौताअनुसार जनशक्ति पठाउने मोडालिटी बनाउन लागिरहेको हो । सो मोडालिटीको ड्राफ्ट बनाइ छलफलको क्रममा रहेको बताइएको छ । मोडालिटीबारे विस्तृत छलफल गरी मार्चसम्म अन्तिम रुप दिइने मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष