नर्सलाई बेलायत पठाउने मोडालिटी मार्चसम्म बनिसक्ने

काठमाडौँ, ९ फागुन । जीटूजी प्रकियामार्फत् नर्सलाई बेलायत पठाउने मोडालिटी आगामी मार्चसम्ममा बनिसक्ने भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार बेलायत सरकारसँग श्रम सम्झौता गरी नेपाली नर्स पठाउने प्रक्रिया अघि बढाइरहेको छ ।

बेलायतले आफ्नो देशमा नेपाली हेल्थ प्रोफेस्नलस् लैजाने प्रस्ताव अघि बढाएपछि तीन महिना अघिदेखि मन्त्रालयले त्यसका लागि प्रक्रिया सुरु गरेको थियो । यसबीचमा सरकार विभिन्न चरणमा छलफल गरी श्रम सम्झौताअनुसार जनशक्ति पठाउने मोडालिटी बनाउन लागिरहेको हो । सो मोडालिटीको ड्राफ्ट बनाइ छलफलको क्रममा रहेको बताइएको छ । मोडालिटीबारे विस्तृत छलफल गरी मार्चसम्म अन्तिम रुप दिइने मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद