मुद्दाको सुनुवाइ नहुँदा बिपी प्रतिष्ठान अन्योलग्रस्त

काठमाडौँ, ४ फागुन । वहालवाला पदाधिकारीलाई काम गर्न नदिने र स्वास्थ्य मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ नहुँदा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान अन्योलग्रस्त बनेको छ।

प्रतिष्ठानका उपकुलपतिसहितका अधिकारीहरूलाई काम गर्न नदिने र मन्त्रालय, महालेखाबाट कर्मचारी खटाउने निर्णय मन्त्रिपरिषदले पुस ३० गते गरेको थियो। उक्त निर्णयविरुद्ध प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र अस्पताल निर्देशक डा. गौरीशंकर साहले माघ ११ गते उत्प्रेषण आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। मुद्दाको पेसी चढे पनि तीन दिनयता लगातार हेर्न नभ्याइनेमा पर्दै आएको छ। मंगलबार सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासमा चौथो नम्बरमा पेसी चढे पनि मुद्दाको सुनुवाइ हुन सकेन। प्रतिष्ठानका कर्मचारी, चिकित्सक तथा विद्यार्थी प्रतिष्ठान धराशायी हुँदै गएकोमा चिन्तित छन् ।

कर्मचारी समन्वय समितिका संयोजक महेश्वर राई अब संस्था थन्किन मात्र बाँकी रहेको अवस्थामा पुगेको भन्दै चिन्ता प्रकट गर्छन् । अब संस्था थन्किन मात्र बाँकी रह्यो। काम ठप्प भएको १ महिना भइसक्यो, कारोबार नभएपछि अस्पताल सेवामा चाहिने सामान खरिद आपूर्ति हुन सकेको छैन, कर्मचारीले माघको तलब पाएका छैनन्। आजको नागरिक दैनिकमा समाचार छ । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष