काठमाडौँमा पनि बर्डफ्लू

काठमाडौँ, १ फागुन । काठमाडौँमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौँमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको छ ।

नेपालमा देखिएको बर्डफ्लू एचपीएआई, र एचफाइभ एन वान रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष