काठमाडौँमा पनि बर्डफ्लू

काठमाडौँ, १ फागुन । काठमाडौँमा पनि बर्डफ्लूको संक्रमण देखा परेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा स्थानीय किसानले पालेको पन्छीमा बर्डफ्लूको संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार संक्रमण देखिएको क्षेत्रको पन्छी नष्ट गरिनुका साथै निसंक्रमण समेत सकिएको छ । थप संक्रमण फैलिन नदिन पशु सेवा विभाग र मन्त्रालयको टोलीले काठमाडौँमा २० वटा कुखुरा, ५ वटा परेवा र ३ वटा लौकाट नष्ट गरिएको छ ।

नेपालमा देखिएको बर्डफ्लू एचपीएआई, र एचफाइभ एन वान रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद