प्रदेशस्तरीय पाँच अस्पताललाई बजेट तथा कार्यक्रमको अख्तियारी प्रदान गर्ने निर्णय

हेटौंंडा, १९ माघ । बागमती प्रदेश सरकारले प्रदेशस्तरीय पाँच वटा अस्पताललाई बजेट तथा कार्यक्रमको अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रीपरिषद् बैठकले बागमती प्रदेशको व्यवस्थापनमा आएका पाँच वटा प्रादेशिक अस्पतालको चालु आर्थिक वर्षको दोश्रो चौमासिकसम्मको बजेट तथा कार्यक्रमको खर्चको अख्तियारी दिने निर्णय गरेको हो ।

यो निर्णयसँगै बागमती प्रदेशको व्यवस्थापनमा रहेका प्रादेशिक अस्पतालहरु दोलखाको भीमेस्वर नगरपालिकास्थित चरिकोट अस्पताल, काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिकास्थित मेथिनकोट अस्पताल, काठमाण्डौंको टोखा नगरपालिकास्थित टोखा अस्पताल, ललितपुरको गोदावरी नगरपालिकास्थित बज्रबाराही चापागाउँ अस्पताल र चितवनको रत्ननगर नगरपालिकास्थित बकुलर रत्ननगर अस्पतालले बजेट अभावकै कारण व्यहोर्दै आएको समस्या तत्कालकालागि समाधान भएको छ ।

प्रदेश सरकारका वन तथा वातावरण मन्त्री विशाल खड्काले मन्त्रीपरिषदको बैठकले अस्पताल संचालन र स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गर्न चालु वर्षको दोश्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी स्थानीय सरकारका प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय भएको जानकारी दिनुभयो ।

चालु आर्थिक बर्ष संघीय र प्रदेश सरकारवाट बजेट विनियोजन भएपनि बागमती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालका कर्मचारीहरुको प्रदेशमा समायोजन र हस्तान्तरणको अन्तिम टुँगो नलागेकाले अस्पतालमा अख्तियारी दिन सकिएको थिएन । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकले प्रादेशिक अस्पतालहरुको संचालन, कार्यक्रम र कर्मचारीको तलव भुक्तानीकालागि चालु वर्षको दोश्रो चौमासिकसम्मको बजेट रकमान्तर गरी प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिने निर्णय गरेसँगै यो समस्या तत्कालकालागि भने समाधान भएको छ ।

मन्त्रीपरिषद बैठकले आर्थिक बर्ष २०७७/०७८ मा स्वास्थ्य तथा जनसँख्या मन्त्रालयमा श्रोत सुनिश्चितता भई चरिकोट अस्पताल र बकुलर रत्ननगर अस्पतालमा आइसियुरपिआईसियुरएचडियुरभेन्टिलेटररअक्सिजन प्लान्टरट्याकको स्थापनारखरिद तथा जडानको कार्यसम्पन्न भए वमोजिमको रकम संघको शर्सत अनुदान मार्फत उक्त सिर्जित दायित्वको नियमानुसार भुक्तानीका लागि भीमेस्वर नगरपालिका र रत्ननगर नगरपालिकालाई रकमान्तर गरी अख्तियारी प्रदान गरिने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष