सिटामोल लुकाउने फार्मेसीलाई १० हजार जरिवाना

काठमाडौँ, ५ माघ । सिटामोल लुकाउने फार्मेसीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरिवाना गरेको छ ।

विभागका अनुसार बजारमा अभाव भएको भन्दै बिरामी ग्राहकलाई सिटामोल बिक्री नगर्ने गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रलाई सातदोबाटोलाई १० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

विभागको छड्के कारवाही क्रममा ग्राहकलाई सिटामोल छैन भनेको फार्मेसीको गोदामा भने सिटामोल भेटिएको विभागले जनाएको छ । औषधी जस्तो संवेदनशील वस्तुको कार्टेलिङ गरेको आरोपमा विभागले फार्मेसीलाई तत्काल १० हजार रुपैयाँ नगद जरिवाना र सचेत गराउने काम गरेको हो ।

कोभिडको पछिल्लो लरहमा अत्यवश्यक कुनै पनि खाले औषधिमा कालोबजारी वा कृत्रिम अभावको गुनासो भए तत्काल खबर गर्न पनि विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले सादा पोसाकका प्रहरी न्युज रुममा पुगेर सञ्चारकर्मीमाथि धरपकड गरेको घटनालाई

काठमाडौँ, १४ कार्तिक । जिल्ला भूमि समस्या समाधान समिति दाङले ८ भूमिहिन परिवारलाई लालपुर्जा वितरण गरेको छ। समितिका अनुसार साविकको

काठमाडौँ, १४ कार्तिक । सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने उद्देश्यसहित चिकित्सा सेवा पर्यटन (मेडिकल सर्भिस टुरिजम) प्रवर्द्धनका

काठमाडौँ, १४ कार्तिक । नेपाली कांग्रेसका नेता तथा संसदीय दलका नेता भीष्मराज आङदेम्बेले समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको ढोकामा