स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेसँगै सेवा प्रभावित बन्दै

काठमाडौँ, ३ माघ । पछिल्लो समय कोरोना संक्रमणको दर उच्च गतिमा बढेसँगै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुने दर पनि दैनिक बढिरहेको छ । विशेषगरी काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा रहेका अस्पतालमा स्वास्थ्यकर्मी संक्रमित हुने दर बढेको पाइएको छ ।

उपत्यकाका तीन जिल्लामा हालसम्म ३ सय ५० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ भने केही आइसोलेसनमा रहेका छन् । स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालले स्वास्थ्य सेवामा संकुचन ल्याउने तयारीमा छन् । अबको केही दिनमै चिकित्सकमा संक्रमण दर बढ्न सक्ने देखिएको कोभिड–१९ विज्ञ तथा भाइरोलोजिस्ट डा. रमेशकुमार आचार्यले बताए । उनका अनुसार अब सरकारले अस्पतालमा चिकित्सक र नर्सलाई सिफ्टअनुसार काम लगाउनुपर्ने बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष