हेर्नुहोस, जाडोमा कफि पिउँदा हुने फाइदाहरु

काठमाडौँ, २५ पौष । हामीले दिनहुँ पिउने कफी मानव स्वास्थ्यका लागि फाइदाजनक छ । बिशेष गरि कफी कलेजोको सुरक्षा गर्न निकै महत्पूर्ण मानिन्छ ।

कफि पिउँदा हुने फाइदाहरु :

१. रक्सी(अल्कोहल)को सेवनबाट कलेजोमा हुने असरलाई कफीको दिनको दुईकप कफीले घटाउन मद्दत गर्छ ।

२. कफीको नियमित सेवनले ‘लिभर सिरोसीस’ हुने सम्भावना ४४ प्रतिशतले घटाउँछ ।

३. शारीरिक परिश्रम हुने खालको काम गरेपछि कफी पिउँदा दुखाई कम हुन्छ । द जर्नल अफ पेनमा प्रकाशित भएको अध्ययन अनुसार शारीरिक व्यायामपछि खाइने दुई कप कफीले व्यायामपछि हुने दुखाई ४८ प्रतिशतले कम गर्छ ।

३. एक कप कफीमा १.८ ग्राम फाइबर हुने जर्नल अफ एग्रिकल्चर एण्ड फुड केमेस्ट्रीले उल्लेख गरेको छ । एक व्यक्तिले दिनको २०–३८ ग्राम फाइबर लिनु पर्ने विज्ञले बताएका छन् ।

४. दिनको ६ कप वा त्यो भन्दा बढी कफी पिउने व्यक्तिमा डाइबिटिजको जोखिम २२ प्रतिशत कम हुन्छ ।

५. कफीमा हुने क्याफिनले अल्जाइमर रोगको जोखिम कम गर्ने केही अध्ययनहरुले देखाएका छन् ।

६. १० वर्षसम्म ८६ हजार भन्दा बढी महिलामा गरिएको अध्ययन अनुसार कफी पिउनेहरुमा आत्महत्याको जोखिम कम हुने देखिएको हो ।

७. कोरियामा भएको अनुसन्धानले कफीका कारण मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको छ । दिनको तीनदेखि पाँच कप कफी पिउनेमा मुटु सम्बन्धी रोगको जोखिम कम हुने देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरुवा भएर नयाँ जिम्मेवारीमा जानुपर्ने कर्मचारी पालिकामै बसेपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन

काठमाडाैँ, १३ कार्तिक । सार्वजनिक खरिद प्रक्रियालाई जवाफदेही र विश्वसनिय बनाउने सरकारको लक्ष्यअनुरुप सार्वजनिक खरिद अनुगमन कार्यालयले गत चैत १३

काठमाडौँ, १३ कार्तिक । नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनले शुक्रबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन्

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद