प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीको उपचार

काठमाडौँ, २३ पौष । दाङको विजौरीस्थित प्रादेशिक आयुर्वेद चिकित्सालयमा मधुमेहका बिरामीका लागि कार्यक्रम सञ्चालन गरिएको छ । अस्पतालका निमित्त कार्यकारी निर्देशक डा महेशकुमार खनालका अनुसार यही पुसदेखि मधुमेहका बिरामीलाई निःशुल्करूपमा रगत परीक्षण गर्नुका साथै मिर्गौला तथा मुटुको जाँच गर्नुका साथै बोसोको समेत जाँच भइरहेको छ ।

सोमध्ये अहिलेसम्म एक सय जनाले उक्त सुविधा लिइसकेको निमित्त निर्देशक डा. खनालले बताए । त्यस्तै मधुमेह नियन्त्रणमा राख्ने जडीबुटी औषधि तथा परामर्शसमेत प्रदान गर्ने गरिएको उनको भनाइ छ । करिब तीन सय जनालाई उक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको डा खनालले बताए । अस्पतालमा दैनिक बिहान ८ देखि दिउँसो १ बजेसम्म सेवा सञ्चालन हुँदै आएको उनको भनाइ छ ।

अस्पतालमा हाल पाइल्स, फिस्टुला, फिसर, पारालाइसिस, जोर्नी दुखेका बिरामी, ग्याष्टिक, हातखुट्टा नचल्ने, कब्जियतलगायतको उपचार भइरहेको छ । बिरामीलाई आयुर्वेद उपचार पद्धतिमा आकर्षित गराउनका लागि यसरी नै नयाँ–नयाँ कार्यक्रम ल्याइने उनले बताए । पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति नागरिकको चासोसमेत बढेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका