काठमाडौँ, १० पौष । सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ ।
शुक्रबार काेलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको छ । उक्त सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो । अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो ।





