करेन्ट लागेर मृत्यु एक जनाको मृत्यु

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार उक्त भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण बुटवलका कर्मचारी बसन्त भुसालको मृत्यु भएको जनाएको छ ।

अर्घाखाँची घर भएका ४३ वर्षीय भुसालको उपचारको क्रममा मृत्यु भएको हो । करेन्ट लाग्दा भवन निर्माणमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ७ बैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा दलीय विद्यार्थी र कर्मचारी संगठनका संरचना तत्काल हटाउने

काठमाडौँ, ७ बैशाख । गृहमन्त्री सुधन गुरुङले आफूमाथि उठेको प्रश्नका सन्दर्भमा स्पष्टीकरण दिएका छन् । आज सामाजिक सञ्जालमार्फत उनले स्पष्टीकरण

काठमाडौँ, ७ बैशाख । नेकपा (एमाले)का नेता प्रदिप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने विषय चरम अलोकतान्त्रिक भएको बताएका छन्