हेर्नुहोस अमला खानुका फाइदाहरु

काठमाडौँ, १० मंसिर । अमला स्वादमा हल्का अमिलो भए पनि स्वास्थ्यका लागि भने निकै फलदायि छ । त्रिफलाको ३ औषधिमध्ये एक अमला गुणी जडिबुटीमा पर्छ । अमलामा विभिन्न रोगहरु निको पर्ने क्षमता हुन्छ ।अमलामा प्रशस्त मात्रामा गालिक एसिड, क्याल्सियम, सेलुलोज, टान्निक एसिड र अल्बुमिन जस्ता शरीरलाई आवश्यक तत्त्व पाइने हुँदा यसलाई स्वास्थ्यको दृष्टिकोणले औषधीय गुणयुक्त फलको रूपमा पनि मानिन्छ ।

हेर्नुहोस अमलाका फाइदा:

१.यसको सेवनले शरीरमा भएका विकार पदार्थहरू बाहिर निकाल्न सहयोग गर्नुका साथै कब्जियत हुनबाट बचाउँछ ।

२.भिटामिन सी प्रशस्त हुने अमलाको नियमित सेवनले कपाल तथा छाला सुन्दर बनाउनुका साथै कपाल झर्ने समस्याबाट पनि मुक्ति दिलाउँछ।

३.नियमित अमला खानाले शरीरमा रोग प्रतिरोधात्मक क्षमतालाई बढाउँछ। साथै रगत सफागर्ने काम गर्छ ।

४.अमलाको नियमित सेवनले पाचनशक्ति मजबुत बनाउँछ भने स्मरण शक्ति बढाउन सहयोग पुर्‍याउँछ ।

५.अमलाको सेवनले बुढोपन हुनबाट जोगाउँछ भने मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट समेत बचाउँछ ।

६.नियमित अमला सेवनले पिसाब पोल्ने जस्ता पिसाबसम्बन्धी समस्याबाट छुटकरा पाउन सकिन्छ ।

७.नाथ्री फुट्ने, महिनावारीमा बढी रगत जाने आदिमा अमलाको नियमित सेवनले रक्तश्राव हुने क्रम घट्छ ।

८.अमलाको सेवनले रुघाखोकीसमेत निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको