आजको राशिफल

आज मिति २०७८ साल मंसिर १० गते, शुक्रबार । इश्वी सन २०२१ नोभेम्बर, २६ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः सप्तमी, २४ः बजे उप्रान्त अष्टमी, । नक्षत्रः अश्लेषा १७ः०० बजे उप्रान्त मघा । योगः ऐन्द्र २८ः५३ बजे उप्रान्त वैधृति । करणः भद्रा १२ः३१ बजेदेखि वव, २४ः४४ बजे उप्रान्त तैतिल । काठमाडौंमा सुर्योदय ६ः३४ । सुर्योस्त १७ः०६ ।

मेष : स्वास्थ्यमा सामान्य सुधार भएतापनि कार्यसम्पादनमा समस्या आउनेछ । रोकिएका कामहरु मध्यान्हदेखि बन्ने छन् । राजनैतिक उपलब्धी प्राप्त हुनेछ ।

वृष : आर्थिक अभाव हुने देखिन्छ । बोलीमा संयम्ता अपनाउनु होला । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । धार्मिक कार्यमा सहभागी भइनेछ ।

मिथुन : सवारी साधनदेखि निकै सजक रहनुहोला । हनुमानको दर्शन तथा बाँदरलाई केरा खुवाउनु होला । प्रेमिको सहयोग रहनेछ ।

कर्कट : आफन्तमा केही दुखद् खबर सुन्नुपर्ने हुन्छ । प्रेम प्रस्तावले प्रेम जोडीको दिन रमाइलोसंग बित्नेछ । सन्ध्याकालदेखि पेटसम्बन्धी समस्या बढ्नेछ । वैदेशिक कार्यमा सफलता मिल्नाले मनमा उत्साह थपिने छ ।

सिंह : स्वविवेक प्रयोग गर्नाले आर्थिक समृद्धि बढ्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । राजनैतिक असफताता तथा सामाजिक वितृष्णता आउनेछ ।

कन्या : नयाँ योजनाका साथ अगाडि बढिनेछ । काम र कर्तव्य बोधका साथ अगाडि बढ्नेछ । मध्यान्हदेखि मनोरञ्जनका क्षेत्रमा सहभागी भइनेछ । प्रियवस्तु प्राप्त हुनेछ ।

तुला : अध्ययन तथा अध्यापनमा रुचि नहुनाले समस्या थपिनेछ । मित्रजको सहयोगले रोकिएका कामहरू बन्नेछन् । पेटसम्बधी समस्या बढ्नेछ । खानपानमा विचार गर्नु होला ।

वृश्चिक : शत्रुद्वारा नहुने कुरा सुनाउनाले रोजगारीमा समस्या आउनेछ । विचार गरेर काम गर्नुहोला अध्ययनमा उचि जाग्नेछ । प्रेमप्रेमिका विचको विवाद मिल्नेछ ।

धनु : आय आर्जनका श्रोतहरु बद्नेछन् । रोकिएका कार्यहरू सम्पन्न हुनेछ । पुराना साथीभाइ अचानक मिलन हुनेछ । शनी महामृत्युन्जय पाठ गर्नु ।

मकर : आफन्तको सहयोग अन्तिम समयमा नपाउनाले निकै कठिने हुनेछ । प्रेमप्रेमिका विच निकै राम्रो सम्बन्ध रहनेछ । अध्ययन गर्ने रुचि बढ्नेछ स्वास्थ्यले साथ दिनेछ ।

कुम्भ : प्रेम प्रेमिका विचको नयाँ सम्बन्ध गाँसिने छ । कृषक वर्गको लागि निकै राम्रो समय रहनेछ । टाउको सम्बन्धी दुःखाई बढ्नेछ । सध्याकालमा ढाढ सम्बन्धि समस्या आउनेछ ।

मीन : नबोलेको झुटो आरोप लाग्न सक्नेछ । मनमा अनेकौं योजनाहरु बन्नेछन् । प्रेमिकाले नयाँ योगना प्रस्ताव ल्याउने छिन् । शिव मन्दिरको दर्शन गर्नु निकै राम्रो हुनेछ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि