एमाले महाधिवेशन: २५० स्वास्थ्यकर्मी परिचालन हुने

काठमाडौँ, ८ मंसिर । मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनमा २५० जना स्वास्थ्यकर्मीसहित ६ वटा एम्बुलेन्स परिचलन गरिने भएको छ ।

महाधिवेशन स्वास्थ्य समितिका अनुसार महाधिवेशन अवधिभर नेपाल रेडक्रस सोसाइटीका तालिमप्राप्त स्वयंसेवकहरु पनि खटाइने छ ।

महाधिवेशन उद्घाटन हुने स्थानमा भीआईपी र भीभीआईपीलाई लक्षित गर्दै दुई ‘क’ र ‘ख’ वर्गका दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ । बन्दसत्र अवधिभर सौराहामा अध्यक्ष केपी शर्मा ओली बस्ने ठाउँमा ‘क’ वर्गको एम्बुलेन्स ‘स्ट्यान्ड बाई’ राखिने र थप चारवटा एम्बुलेन्स बन्दसत्र हुने स्थानको नजिकमा रहने पनि समितिले जनाएको छ ।

बन्दसत्रका क्रममा कोही सहभागी बिरामी भएमा चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने गरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए । महाधिवेशन अवधिभर विज्ञ चिकित्सकसहित २५० स्वास्थ्यकर्मीको टोली आवश्यक औषधिसहित परिचालन गरिने पनि अधिकारीले बताए । साथै, नियमित औषधि सेवन गर्नुपर्ने दीर्घरोगीहरुलाई निःशुल्क औषधि उपलब्ध गराइने समितिले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ कार्तिक । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई ध्यानमा राख्दै सरकारले मातहतका सम्पूर्ण निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा

काठमाडौँ, १२ कार्तिक । आगामी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप–३१) मा नेपालको सहभागिता प्रभावकारी बनाउने विषयमा कृषि, वन तथा

काठमाडौँ, १२ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन

मकवानपुर, १२ कार्तिक ।  शैक्षिक सहकार्य अभिवृद्धिका लागि नेपालको बागमती विश्वविद्यालय र चीनको इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (इसियुटी) बिच