आज विश्व मधुमेह दिवस मनाइँदै

काठमाडौँ, २८ कार्तिक । मधुमेह उपचारमा पहुँच भन्ने नाराका साथ मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी आज मधुमेह दिवस मनाइँदै छ ।

नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान छ । मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, डाक्टरको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने हुन्छ । यस्तै, मधुमेह रोग वंशानुगत रूपमा समेत लाग्ने हुन्छ । बाबुआमालाई मधुमेह भएको छ भने छोराछोरीलाई पनि हुने सम्भावना हुन्छ । यस्तै, बढी तौल भएकाहरुलाई पनि मधुमेह देखिने गरेको डाक्टरले बताएका छन् ।

त्यस्तै छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, विनाकारण तौल घट्दै जानु, थकाइ धेरै लाग्नु, घाउ–खटिरा सजिलै ठीक नहुनु, सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु मधुमेहका लक्षण हुन् । यो रोगले दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु र रक्तनलीमा असर गर्छ । हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनु पर्न हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ असोज । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) पूर्वी भूमध्यसागरीय क्षेत्रकी क्षेत्रीय निर्देशक डा.हनान एच.बाल्खीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता

काठमाडौँ, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले त्रिशूलीमा खसेका यात्रुवाहक बस र त्यहाँ हराइरहेका यात्रुहरूको

काठमाडौँ, १ असोज । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ

काठमाडौँ, १ असोज । गत आर्थिक वर्षको तुलनामा राजस्व संकलन वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष