भैंसीको मासुले गाउँ नै आतंकित

काठमाडौँ, १४ कार्तिक । रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं. ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो ।

गत असोज १९ गते घटस्थापनाका दिन सैनामैना–८ पीपलडाँडा ठूली ओकाली निवासी एक स्थानीयको घरबाट स्मृतिटोलका केही व्यक्ति मिलेर भैंसी ल्याई काटेर गाउँमा मासु बिक्री गरेका थिए । असोज १९ गतेको घटना भए पनि अहिले मात्र सार्वजनिक भएको हो । सैनामैना–७ का वडाध्यक्ष डिलाराम बेल्बासेका अनुसार घटस्थापनाका दिन स्मृतिटोल निवासी दुई व्यक्तिले पीपलडाँडाबाट भैंसी ल्याई काटेर प्रतिकेजी २ सय ५० रुपियाँका दरले बिक्री गरेका थिए । उक्त भैंसीको मासु स्मृति टोलसँगै सैनामैना–८ र कञ्चन गाउँपालिका–१ का गरी कुल १ सय ४० जनाले पकाएर खाएका थिए ।

वडाध्यक्ष बेल्वासेले भने– ‘भैंसी कुकुरले टोकेर केही दिनदेखि बिरामी परेको रहेछ, उहाँहरुले हामीले छालामात्र प्रयोग गर्छौं भनी उक्त भैंसी मालिकको घरबाट ल्याउनुभएछ र गाउँमा काटेर बिक्री गर्नुभएको रहेछ ।’ उक्त मासु खानेमा बच्चादेखि वृद्धसम्म रहेका उहाँले बताउनुभयो । अस्वस्थ मासु बिक्री–वितरण गरेको भन्दै दोषीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय सालझण्डीमा अनुरोध गरिएको अध्यक्ष बेलबासेले बताए ।

कुकुरले टोकेर बिरामी परेको भैंसीको मासु काटेको घटना सार्वजनिक भएपछि सैनामैना नगरपालिकाले स्मृतिटोलमा पुगेर एकैपटक ७० जनालाई रेबिजविरुद्धको खोप लगाएको छ । नगर प्रमुख चित्रबहादुर कार्कीले अझै पनि गरिब तथा विपन्न वर्गका परिवारमा स्वास्थ्यवद्र्धक खाद्यान्नसम्बन्धी चेतनाको अभाव रहेकाले उक्त समस्या उत्पन्न भएको बताए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा